site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
निर्वाचन आयोगले गर्‍यो दलहरूसँग छलफल

काठमाडौं । निर्वाचन आयोगले विदेशमा रहेका नागरिकको मतदाता नामावली तथा अद्यावधिक कार्यविधि र स्थानीय तहमार्फत मतदाता नामावली दर्ता कार्यविधिका विषयमा दलहरूसँग छलफल गरेको छ । आयोगले शुक्रबार दलहरूसँग छलफल गरेको हो ।

त्यस्तै, ०७९ को निर्वाचनपछि प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहमा रिक्त रहेका पदहरूको विवरण रिक्त भएका स्थानबारे दलहरूलाई जानकारी गराएको छ । उपनिर्वाचनको मिति छिट्टै तोकिने सन्देश दलहरूलाई दिइएको आयोगका पदाधिकारीले जानकारी दिएका छन् ।

उपनिर्वाचनका सन्दर्भमा केही दिनअघि प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले रक्षामन्त्री पूर्णबहादुर खड्कालाई उपनिर्वाचनका लागि रिक्त रहेको स्थानबारे जानकारी दिएका थिए । 

विदेशमा रहेको मतदाता नामावलीमा नाम दर्ता गर्दा पूर्व नेपाली नागरिक मतदाता हुने सम्भावनालाई रोक्नुपर्नेमा दलहरूले ध्यानाकर्षण गराएका छन् ।

एमालेको केन्द्रीय निर्वाचन विभागका केदार कोइरालले मतदाता नामावलीमा नाम दर्ता गर्ने क्रममा उक्त विषयलाई ध्यान दिइनुपर्ने धारण राखिएको जानकारी दिए ।

प्रकाशित मिति: शुक्रबार, माघ २६, २०८०  १६:२३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro