site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
राजेन्द्र लिङ्देनले भने– पछाडि फर्कने होइन तर, देश यही बसिराख्न सक्दैन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीले पछाडि फर्कने कुरा नगरेको बताएका छन् । आजको प्रतिनिधिसभा बैठकमा उनले नयाँ सम्झौता गरेर अघि बढ्न आह्वान गरे । 

“परिवर्तनको नाममा जे व्यवस्था निर्माण गर्नुभयो । त्यो गणतन्त्र होइन । अहिले जनताले भन्छन्, त्यो लुटतन्त्र हो । सीमित राजनीतिक दलका नेताको मुठ्ठीमा देश कैद भयो । त्यसकारण देश यही अवस्थामा राखिराख्न सकिदैन,” उनले भने, “राप्रपाले पडाडि फर्कने कुरा गरेको होइन । देश यही बसिराख्न सक्दैन । अब नयाँ सम्झौता गरेर अगाडि जाने कुरा गर्नुपर्यो ।” 

कसैलाई निषेध गरेर जान नहुने उनको भनाइ छ । उनले देशले अवलम्बन गरेको प्रणाली दोषी रहेको बताए । यही निर्वाचन प्रणाली, यही नियुक्ति प्रणालीबाट देश अघि बढ्न नसक्ने जिकिर गरे । नवीन बाटोमा देशलाई अघि लैजानुपर्ने उनको भनाइ छ ।

उनले देश टक्क अडिएको जस्तो अवस्थामा रहेको बताए । सरकारबाट सुशासनको कुरा आए पनि भ्रष्टाचार र लुट अघि बढेको उनको भनाइ छ । भ्रष्टाचार कहाँ छैन भनेर हेर्नुपर्ने अवस्था बनेको बताए ।
 

प्रकाशित मिति: बुधबार, माघ २४, २०८०  १३:३६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro