site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
टीआरसी विधेयकमा सहमति नभए प्रक्रियाबाट पारित हुन्छ : प्रधानमन्त्री 

काठमाडौं । प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले टीआरसीलगायत विधेयक सहमति नभए प्रक्रियाबाट पारित गरिने बताएका छन् ।

मंगलबार सिंहदबारमा बसेको पार्टी संसदीय दलको बैठकमा उनले सहमतिबाट नै विधेयक पारित गर्न पहल गरिने जानकारी गराए । उनले संसद्‌मा प्रभावकारी भूमिका निर्वाह गर्न सांसदहरूलाई निर्देशन पनि दिए ।

हिउँदे अधिवेशनमा संसद्‌मा टेबल भएका सबै विधेयक पारित गर्न पहल गरिने उनले बताए । “योपटक संघीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ गर्न आवश्यक ऐन सबै पारित हुन्छ । सकेसम्म सर्वसम्मत नभए प्रक्रियामा गएर पास गर्छौँ,” प्रधानमन्त्रीको भनाइ उद्धृत गर्दैै सांसद लेखनाथ दाहालले बाह्रखरीसित भने ।

प्रकाशित मिति: मंगलबार, माघ २३, २०८०  १३:००
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro