site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
जबजलाई समाप्त पार्न लाग्नेलाई ठिक भन्न सकिँदैन : माधव नेपाल 

काठमाडौंं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले जनताको विश्वास जित्ने कुरामा ध्यान दिनुपर्ने बताएका छन् ।

उपाध्यक्ष बेदुराम भुसालद्वारा लिखित 'जनताको बहुदलीय जनवाद'को ऐतिहासिक विकासक्रम नामक पुस्तक विमोचन गर्दै जनक्रान्तिपछि संविधान बनाउनुमात्रै परिवर्तन भएको बताए ।

उनले जबजलाई समाप्त पार्न लाग्ने विचारलाई ठिक भन्न नसकिने पनि बताए ।

“जनताको विश्वास जित्ने कसरी भन्ने कुरा बेग्लै हो । तर, विचार नै परित्याग गरेर हिजो पनि जनताको बहुदलीय जनवादलाई दक्ष प्रजापतिको टाउको भन्ने, आज पनि यसलाई समाप्त पार्न लाग्ने विचारलाई किमार्थ ठिक भन्न सकिँदैन,” नेपालले भने ।

नेपालले जजबको मर्मलाई आत्मसाथ गरेर अघि बढ्नपर्ने बताए ।

प्रकाशित मिति: आइतबार, माघ २१, २०८०  १७:२३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro