site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
जनमत पार्टीको सचिवालय बैठक सुरु
जनमत पार्टीका अध्यक्ष सीके राउत । फाइल तस्बिर ।

काठमाडौं । समसामयिक राजनीतिबारे छलफल गर्न जनमत पार्टीको सचिवालय बैठक सुरु भएको छ ।

पार्टी कार्यालय नयाँ बानेश्वरमा सुरु बैठकमा मुलुकको समसामयिक राजनीतिबारे छलफल भइरहेको सो पार्टीका प्रवक्ता डा. शरदसिंह यादवले जानकारी दिए ।

भोलि (सोमबार)देखि सुरु हुने संघीय संसद्को हिउँदे अधिवेशनमा पार्टीको भूमिका प्रभावकारी बनाउने विषयमा पनि बैठकमा छलफल भइरहेको जनमतले जनाएको छ ।

बैठकमा संगठन विस्तार, वडा अधिवेशनको समीक्षा तथा मधेस प्रदेश सरकारबाट पार्टी बाहिरिएपछिको परिस्थिति, उपनिर्वाचनलगायत विषयमा पनि छलफल हुने प्रवक्ता यादवले बताए । रासस

प्रकाशित मिति: आइतबार, माघ २१, २०८०  १२:३६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro