site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
औचित्य पुष्टि गर्न प्रदेशलाई चुनौती छ : सभामुख विष्ट

विराटनगर । कोसी प्रदेशसभाका सभामुख अमरबहादुर विष्टले प्रदेशहरूले आफ्नो औचित्य पुष्टि गर्न जरुरी रहेको बताएका छन् ।

आइतबार संसदीय पत्रकार मञ्च कोसी प्रदेशले आयोजना गरेको स्वागत तथा अन्तरक्रियामा विष्टले भने, “खर्चका हिसाबले प्रदेश बोझिलो भयो भन्ने जनताको गुनासो छ । त्यसैले प्रदेशले आफ्नो औचित्य पुष्टि गर्न जरुरी छ ।”

प्रदेशले खर्च मात्र बढाएको भन्ने विषयमा आफ्नो क्षमता प्रदर्शन गर्नुपर्ने उनले बताए । “जनतामा त्यो कुरा आउने गरेको छ । गल्ती, कमी–कमजोरीहरू छन् । सुधार भएर जानुपर्छ,” उनले भने ।

प्रदेशसभाबाट भएका कामबारे सुझाव दिन पनि उनले आग्रह गरे । संसदीय समितिले चाँडै पूर्णता पाउने उनले सुनाए । विष्ट राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट हालै सभामुख चयन भएका हुन् ।

प्रकाशित मिति: आइतबार, माघ २१, २०८०  ११:५५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro