site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
पैसाको बार्गेनिङ गर्न अरूण चौधरीलाई पक्राउ गरियो : सुनिल शर्मा
फाइल तस्बिर ।

काठमाडौं । नेपाली कांग्रेसका सांसद सुनिल शर्माले प्रधानमन्त्री र गृहमन्त्रीले पैसाको बार्गेनिङ गर्नका लागि उद्योगी अरूण चौधरीलाई पक्राउ गरेको आरोप लगाएका छन् ।

शुक्रबार नेपाली कांग्रेस संसदीय दलको बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै सांसद शर्माले वर्तमान सरकारले उद्योगी तथा ठूला घरानाहरूलाई पैसाको बार्गेनिङ गर्नका लागि पक्राउ गर्ने गरेको आरोप लगाए ।

उनले उद्योगीलाई गिरफ्तार गर्ने र हतोत्साहित बनाएर ‘अन्डरटेबल’ पैसाको बार्गेनिङ गर्ने गरिएको भन्दै सोही डिजाइनमा उद्योगी चौधरीलाई गिरफ्तार गरिएको बताए । उनले चौधरीमाथि कुनै कानुनी प्रश्न भए अदालतमा जान सकिने भन्दै केवल व्यापारीहरूलाई आतंकित बनाउनका लागि मात्रै यस्तो गरिएको बताए ।

"अहिलेको प्रचण्ड नेतृत्वको सरकार मिनबहादुरको गिरफ्तारीदेखि लिएर अहिलेसम्म हेर्नुभयो भने देशमा ठूला–ठूला उद्योगपतिहरू, ठूला घरानाहरूलाई पुराना केसहरू, ठूला उद्योगपतिहरूलाई गिरफ्तार गर्ने, ह्यारास गर्ने र अन्डरटेबल पैसा डिल गर्ने यो प्रथा अहिलेको राज्यसत्तामा बसेको विशेषतः हामीसँग गठबन्धनमा रहेको माओवादीको प्रचण्डजी र अहिलेको गृहमन्त्रीको डिजाइन हो," उनले भने ।

प्रकाशित मिति: शुक्रबार, माघ १९, २०८०  २३:४१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro