site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
बाँसबारीको जग्गा प्रक्रियासंगत लिएको हो, सरकारले प्रतिशोध साध्यो : विनोद चौधरी 

काठमाडौं । उद्योगपति तथा सांसद विनोद चौधरीले बाँसबारी छालाजुत्ता उद्योगको जग्गा नियम र प्रक्रियासंगत रूपमा सीजी ग्रुपले लिएकोमा सरकारले अहिले आएर प्रतिशोध साधेको बताएका छन् । 

संसद्को राज्यव्यवस्था तथा सुशासन समितिको बैठकमा सांसद चौधरी व्यापारीविरुद्ध सरकार लागेको आरोप  लगाएको बैठकमा रहेका एक सांसदले जानकारी दिए । 

चौधरीको भनाइ उध्रित गर्दै ती सांसदले भने, “बाँसबारीमा जग्गा विधि र प्रक्रियासंगत लिएको हो, नियमसंगत लिएको हो । सरकारले व्यापारीमाथि अहिले आएर प्रतिशोध साधेको छ ।” 

बाँसबारी छाला जुत्ता उद्योगको जग्गा सीजीको चाँधबाघले नियमविपरीत निजीकरण गरेको भन्दै बिहीबार प्रहरीले विनोदका भाई अरुणलाई पक्राउ गरेको थियो । अदालतले उनलाई हिरासतमा राखेर अनुसन्धानका लागि चार दिनको म्याद दिएको छ ।
 

प्रकाशित मिति: शुक्रबार, माघ १९, २०८०  १६:१२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro