site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
राष्ट्रियसभामा एक सिट गुमेको विषय सत्ता गठबन्धनमा उठ्यो

काठमाडौं । सत्ता गठबन्धनमा राष्ट्रियसभा निर्वाचनको परिणामलाई लिएर छलफल भएको छ । मंगलबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको गठबन्धनको बैठकमा राष्ट्रियसभामा एक सिट गुमाएको विषयमा छलफल भएको कांग्रेस नेता रमेश लेखकले जानकारी दिए ।

कांग्रेसका प्रमुख सचेतकसमेत रहेका लेखकले कोसी प्रदेशमा अप्रत्याशित नतिजा आएको र सो विषयमा प्रारम्भिक छलफल भएको बताए । 

लेखकले कोसीको परिणाम अप्रत्याशित र गम्भीर भएकाले गम्भीर तरिकाले थप छलफल हुने बताए ।

"कोसीमा अप्रत्याशित रिजल्ट आएको छ । यो गम्भीर छ । यसका बारेमा प्रारम्भिक छलफल भएको छ । गठबन्धन एकमुष्ट छ, एकीकृत छ । गठबन्धनमा प्रभाव पार्ने स्थिति छैन । परिणाम अप्रत्याशित र गम्भीर भएकाले गम्भीर तरिकाले छलफल गर्नुपर्छ," उनले भने ।

तर, राष्ट्रियसभाको परिणामले गठबन्धनको निरन्तरतामा प्रतिकूल असल नपार्ने उनको भनाइ छ ।

गठबन्धनका नेताहरूबीच यसबारे थप छलफल गर्ने सहमति भएको छ ।

प्रकाशित मिति: मंगलबार, माघ १६, २०८०  १९:२५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro