site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
एकीकृत समाजवादीको बैठकमा समूहगत छलफलको निष्कर्ष सुनाइँदै 

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) केन्द्रीय परिषद्को बैठक दोस्रो दिन पनि जारी छ । पार्टीको विधान संशोधनको प्रस्तावमाथि छलफलका निम्ति काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा–प्रतिष्ठानमा बैठक बसेको हो ।

बैठकमा समूहगत छलफलको निष्कर्ष सुनाउन थालिएको केन्द्रीय सदस्य सुदेश पराजुलीले जानकारी दिए ।

आइतबारको बैठकमा प्रतिनिधिलाई १० समूहमा विभाजन गरिएको थियो । समूहगत छलफलका लागि आइतबार साँझसम्मको समय तोकिएको थियो ।  आज नेताहरूले छलफलको निष्कर्ष सुनाउँदै छन् ।

आउँदो जेठ ३ गतेदेखि एकीकृत समाजवादीको महाधिवेशन गरिँदै छ । महाधिवेशनअघि विधान संशोधन गर्न लागिएको हो ।

प्रकाशित मिति: सोमबार, माघ १५, २०८०  १२:२९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro