site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
संसारभर नै सत्ताका लागि महाभारत छ : देउवा

पोखरा । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सत्ताका लागि संसारभर नै महाभारत रहेको बताएका छन् ।

“सत्ता भनेको सबैलाई आवश्यक छ नि, नेपालमा ।  संसारभर नै अहिले सत्ताका लागि महाभारत नै छ । चुनाव भनेको त्यही हो ।” उनले भने ।

मंगलबार कांग्रेस कास्कीको जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै सभापति देउवाले सत्ता गुमेको पार्टीलाई सत्तामा ल्याउँदा पनि जस नदिएकोमा असन्तुष्टि बने ।

“पार्टीलाई सत्तामा ल्याउनुपर्‍यो नि । सत्ता भनेपछि, आफ्नो केही नभएपछि लौ शेरबहादुरले बिगार्‍यो–बिगार्‍यो भन्ने । फेरि ल्याएपछि भएन भन्ने ?,” उनले प्रश्न गरे ।

गठबन्धनको पक्षमा बोलिरहने देउवाले मंगलबार पनि कुरा दोहोर्‍याए । अहिलेको संविधान अनुसार कुनै पार्टीको बहुमत नआउने भएकाले कुनै पार्टीसँग मिलेर सरकार बनाउनु बाध्यता रहेको उनको भनाइ छ ।

“गठबन्धन नगरेरै जित्ने पार्टी बनाउनुस् । बलियो बनाउनुस् न । जनता भनेको सबैभन्दा ठूलो हो, जनता हो मालिक यो देशको । जनतामा जानुपर्छ, भेटघाट गर्नुहोस्, यहाँ कसैको विरोध गरेर ठूलो हुँदैन,” देउवाले भने ।

फरक प्रसंगमा उनले समानुपातिक र समावेशीताको मान्यताबाट पार्टी पछाडि नफर्कने स्पष्ट पारे ।

भारतमा बल्ल आएर महिलालाई ३३ प्रतिशत दिने कुरा आइरहेको प्रसंग झिक्दै सभापति देउवाले भने, “यो संविधान समावेशी र समानुपातिक छ । नेपाल त अझ एउटा महिला पालिका अध्यक्ष वा उपाध्यक्ष, मेयर उपमेयर एउटा हनुपर्छ । संसारभरका देशमा यस्तो छैन । यसमा सबैको सहभागिता हुनु राम्रो हो ।”

देउवा अगाडि बोलेको जिल्ला सभापति किशोरदत्त बरालले समावेशी निर्वाचन प्रणालीको खारेजी हुनुपर्ने मत राखेकोमा देउवाले जवाफ फर्काएका हुन ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको बारेमा देउवाले नेपाली जहाज यही विमानस्थलबाट उडान हुनुपर्ने बताए ।

पूर्वमहामन्त्री शशांक कोइरालाले धर्म निरपेक्षता आवश्यक नरहेको बताए ।

प्रकाशित मिति: मंगलबार, माघ ९, २०८०  २०:४५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro