site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
जनमतद्वारा मधेस प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता

काठमाडौं । जनमत पार्टीले मधेस प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । 

पार्टीले मंगलबार विज्ञप्ति जारी गर्दै सरकार छाडेको जानकारी दिएको हो । पार्टी प्रदेश संसदीय दलका नेता तथा शिक्षामन्त्री महेशप्रसाद यादवले विज्ञप्ति जारी गर्दै सो जानकारी दिए ।

साथै पार्टीले जसपा नेतृत्वको मधेस सरकारले मधेसी जनतामाथि गरेको क्रूर दमन र अत्याचार, सीमान्तकृत र दलितमाथि गरेको विभेद, दर्जनौँ काण्ड गरेको आरोप पनि लगाएको छ । 

“चरम भ्रष्टाचार र मधेसमा लादेको जंगलराज र गुण्डाराजको विरोधमा जनमत पार्टीद्वारा समर्थन फिर्तासहित मन्त्रीद्वयको राजीनामा, दमन र भ्रष्टाचारकोविरूद्ध आन्दोलन थालिनेछ,” जनमतले भनेको छ ।
 

प्रकाशित मिति: मंगलबार, माघ ९, २०८०  १७:५८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro