site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
कांग्रेस नेत्री पोखरेलको निधन

काठमाडौं । नेपाली कांग्रेसकी नेत्री द्रौपदा शर्मा पोखरेलको निधन भएको छ । १०२ दुई वर्षीया पोखरेलको मंगलबार बिहान ४ बजे सामाखुसी, रानीबारीस्थित निवासमा निधन भएको पारिवारिक स्रोतले जानकारी गराएको छ ।

उनी २००७ सालको क्रान्तिपछि स्थानीय महिला संघको अध्यक्ष बनेकी थिइन् । कांग्रेसमा लागेर उनी तत्कालीन समयमा केन्द्रीय सदस्य समेत बनेकी थिइन् ।

२०१८ सालको आन्दोलनताका उनलाई तत्कालीन पञ्चायत सरकारले गिरफ्तार गरेको थियो । उनलाई पोखरा हिरासतमा लगिएको थियो ।

उनी गोवर्द्धन शर्मा स्मृति ट्रस्टको अध्यक्ष र संरक्षक समेत थिइन् । आजै पशुपति आर्यघाटमा उनको अन्त्येष्टि गरिने जेठा छोरा रामचन्द्र पोखरेलले जानकारी दिए ।

संविधानसभा सदस्य रामचन्द्र, गण्डकी प्रदेशका पूर्वमुख्यमन्त्री कृष्णचन्द्र, योजना आयोगका पूर्वउपाध्यक्ष डा. जगदीशचन्द्र र सुवास पोखरेल तथा छोरीहरू प्रियंवदा र सत्यवतीका आमा द्रौपदाको २००७ सालको क्रान्तिको समयदेखि प्रजातन्त्र पुनःस्थापनाका निम्ति योगदान थियो ।

प्रकाशित मिति: मंगलबार, माघ ९, २०८०  १०:०७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro