site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
संसदीय समितिका काम छिटै टुंगोमा पुर्‍याउन सभामुखको निर्देशन

काठमाडौं । सभामुख देवराज घिमिरेले संसदीय समितिका काम–कारबाही छिटै टुंगोमा पुर्‍याउन निर्देशन दिएका छन् । आइतबार सिंहदरबारस्थित आफ्नो सभाकक्षमा समितिका सभापतिहरूसितको छलफलमा उनले यस्तो निर्देशन दिएका हुन् ।

उनले भने, “बाँकी रहेका विषयलाई छिटो सिध्याउनूस् । आवश्यकताअनुसार बैठक छिटै बोलाउनूस् । समझदारीपूर्ण ढंगबाट निष्कर्षमा पुग्न लाग्नूस् भनेर भनेँ ।

सभापतिहरूले यसअघिका विधेयकबारे बैठकमा ‘रिपोर्ट’ प्रस्तुत गरेका थिए ।

संसदीय क्यालेन्डर निश्चित गर्ने र त्यसानुसार अघि बढ्ने विषयमा छलफल गरिएको घिमिरेले जानकारी दिए ।

उनले फरक समितिले एउटै विषय आफ्नो कार्यक्षेत्र भन्दै काम–कारबाही अघि बढाएको सन्दर्भमा पनि निर्देशन दिए ।

“फरक समितिले एउटै क्षेत्र हो भनेर भइरहेका कुरालाई समझदारी पूर्ण ढंगले लानूस् । आफ्ना–आफ्ना पाटालाई लानूस् । भएन भने प्रगतिको आधारमा एउटाले हेर्ने गरी मिलाउनूस्,” आफूले दिएको निर्देशनबारे घिमिरेले सञ्चारकर्मीसित भने ।

प्रकाशित मिति: आइतबार, माघ ७, २०८०  १३:४३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro