site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
राज्यव्यवस्था समितिको बैठक बस्न कोरम पुगेन
राज्यव्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडा । फाइल तस्बिर ।

काठमाडौं । प्रतिनिधिसभाअन्तर्गतको राज्यव्यवस्था तथा सुशासन समितिको बैठक बस्दै नबसी स्थगित गरिएको छ । आइतबार मध्याह्न सवा १२ बजे सिंहदरबारस्थित सभाकक्षमा बस्ने गरी समितिको बैठक बोलाइएको थियो ।

तर, बैठक बस्न कोरम पुगेन । बैठक सञ्चालन गर्न आवश्यक गणपूरक संख्या नपुगेको हो । कम्तीमा १४ जना उपस्थित हुनुपर्नेमा १० सदस्य मात्र बैठकका निम्ति पुगेका थिए ।

अनुगमन तथा मूल्यांकन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि छलफल गर्ने बैठकको कार्यसूची थियो ।

आजको स्थगित र यही माघ १४ गते बस्ने गरी अर्को बैठक बोलाइएको समितिका सचिव सुरजकुमार दुराले जानकारी दिए ।

प्रकाशित मिति: आइतबार, माघ ७, २०८०  १३:२९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro