site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
एक वर्षे उपलब्धि सार्वजनिक गर्दैगर्दा मधेसमा सत्ता गठबन्धनकै नाराजुलुस
फाइल तस्बिर ।

काठमाडौं । मधेस प्रदेश सरकारले आफ्नो एक वर्षे उपलब्धि सार्वजनिक गर्दैगर्दा सत्तारुढ दलले नै विरोध प्रदर्शन गरेको छ । 

बुधबार मधेस प्रदेश सरकारले आफ्नो एक वर्षे कार्यप्रगतिबारे जानकारी गराएको थियो । 

जनकपुरको महेन्द्रनारायण निधि मिथिला संस्कृति केन्द्रमा आयोजित कार्यक्रममा मुख्यमन्त्री सरोजकुमार यादवले प्रदेशको वर्ष दिनको कार्य प्रगतिबारे जानकारी गराएका थिए । सोही बेला जनमत पार्टीका कार्यकर्ताहरूले विरोध प्रदर्शन गरेका हुन् । 

उनीहरूले साइकल चोरलाई कारबाही गर्, भ्रष्ट सरकार मुर्दावाद लगायतका नारा लगाएर विरोध गरेका हुन् । 
 

प्रकाशित मिति: बुधबार, माघ ३, २०८०  १६:२२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro