site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
विनोद पौडेलको ‘भूठान’ नेपाली सिनेमा हो कि हलिउड ? 

काठमाडौं । ‘बुलबुल’ फेम्ड निर्देशक विनोद पौडेलको चलचित्र ‘भूठान’मा हलिउड स्टार ब्रुस डर्नले अभिनय गर्दै छन् । ब्रुस अनुबन्द ‘भूठान’को छायांकन पनि सुरु भइसकेको छ । 

जनवरी ८ बाट अमेरिकामा यो चलचित्रको छायांकन ओहायो राज्यमा भइरहेको छ । ८७ वर्षका ब्रुस चलचित्रको मुख्य भूमिकामा रहेको निर्देशक विनोद पौडेलले जानकारी दिएका छन् । 

नेपालीमा ‘भूठान’ नाम दिइएको चलचित्रलाई अंग्रेजीमा ‘द वर्ल्डस् ह्याप्पिएस्ट म्यान’ नामकरण गरिएको छ । 

हलिउड अभिनेतालाई लिएर सम्पूर्ण छायांकन अमेरिकामै गरिने चलचित्र नेपाली हो कि हलिउड ? “दुवै हो । हलिउड र नेपाली दुवै हो यो सिनेमा”, जवाफमा भूठानका निर्मातामध्येका एक अवीरल थापा भन्छन्, “अमेरिकामा पनि र नेपालमा पनि दर्ता हुनेछ । उताको सबै काम सकिसकेको छ । नेपालमा अब केही दिनमा दर्ता हुनेछ ।” उनका अनुसार भूठान अंग्रेजी र नेपाली दुवै भाषामा निर्माण हुनेछ । 

चलचित्रको मुख्य भूमिकामा कलाकार हरिवंश आचार्य, दयाहाङ राईलगायत छन् । अनुराधा मजुमदार, पूजा चन्द, रिचा घिमिरे, जोएस पाण्डे, अदिति प्याकुरेल, टम क्रेन तथा विमल सुवेदीको पनि अभिनय रहनेछ ।  

चलचित्रले भुटानदेखि भारत, नेपाल हुँदै अहिले अमेरिकामा बसोवास गरिरहेका भुटानीहरूको देशप्रेम र जीवन यात्राको कथा समेट्नेछ । 

चलचित्रको छायांकन सन् २०२४ को अन्तसम्म सकेर सन् २०२५ मा प्रदर्शनमा आउनेछ ।  

बलिउडका प्रख्यात कला निर्देशक अन्जन गजुरेलको कला निर्देशन रहनेछ । चलचित्रलाई अमेरिकाको म्याड मंकी फिल्मसले निर्माण गर्नेछ । साथै अमेरिकाकै डग इयर्ड फिक्चर्स र नेपालको अवेकन प्रोडक्सनले सहकार्य रहेको छ । 
 

प्रकाशित मिति: मंगलबार, माघ २, २०८०  ०६:५०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro