site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
‘खजुरे ब्रो’बाट सिनेमामा नीति शाहको डेब्यु 

काठमाडौं । चलचित्र ‘खजुरे ब्रो’को अफिसियल घोषणा गरिएको छ । कमेडी जनरामा बन्ने चलचित्रलाई सुरज सुनुवारले निर्देशन गर्नेछन् । 

चलचित्रका लेखकसमेत रहेका निर्देशक सुनुवारले ‘खजुरे ब्रो’ धरानका चर्चित व्यक्ति ‘खजुरे ब्रो’को नाम र उही क्यारेक्टरमा निर्माण गर्न लागिएको बताए । 

रेयर राई ‘खजुरे ब्रो’को शीर्ष भूमिकामा देखिनेछन् । चलचित्रमा रेयरसँगै महेश त्रिपाठी, नीति शाह, नवीन मानन्धर, प्रकाश भुजेल, बिनिता थापा मगर, सुष्मा निरौला, पुस्कर कार्कीलगायत कलाकारको अभिनय रहनेछ । 

आफ्नो डेब्यु चलचित्र ‘खजुरे ब्रो’को कथा र टिम मन परेकाले काम गर्न लागेको नीति शाहले बताइन् । 

नवीन मानन्धर र सुरज सुनुवारले निर्माण गर्न लागेको चलचित्रका कार्यकारी निर्माता डायमन्ड उप्रेती हुन् । 

चलचित्र इटहरी, धरान, दार्जिलिङ र काठमाडौंमा छायांकन हुनेछ । 
 

प्रकाशित मिति: मंगलबार, माघ २, २०८०  ०६:२०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro