site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
पोखरा महानगरपालिकाको १४औँ नगरसभा स्थगित

काठमाडौं । पोखरा महानगरपालिकाको १४औँ नगरसभा यही माघ १८ गते बस्ने भएको छ । पुस २९ गते बस्ने गरी बोलाइए पनि करको विषय सम्बोधन हुन नसक्दा नगरसभा स्थगित भएको हो ।

पोखरा महानगरपालिकाका प्रवक्ता मोति तिमिल्सिनाले आर्थिक ऐनमा राजस्वसम्बन्धी विषय समेटिने जानकारी गराए । त्यसमा केही संशोधन गर्नुपर्ने विषयवस्तुका निम्ति पोखरा महानगरपालिका–४ का अध्यक्ष देवकृष्ण पराजुलीको संयोजकत्वमा १३ सदस्य समिति गठन गरिएको उनले बताए । माघ १८ गते सञ्चालन हुने गरी सभा स्थगित गरिएको उनले जानकारी दिए ।

महानगरले पोखराको घरजग्गा कर घटाउने एजेन्डा नराखेपछि कार्यपालिका बैठक स्थगित भएको थियो । मंगलबार बस्ने भनिएको कार्यपालिका बैठकमा कर घटाउने एजेन्डा नराखिएकाले नेपाली कांग्रेसबाट वडाध्यक्ष भएकाहरू सहभागी नहुने भनेसँगै बैठक स्थगित गरिएको थियो । पोखरा महानगरपालिकामा कांग्रेसका वडाध्यक्षहरूको बहुमत छ ।

पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले माघ १६ र १७ गते कार्यपालिकाको बैठक र १८ गते नगरसभा बस्ने बताए ।

कांग्रेसको विरोधपछि आर्थिक ऐनमा राजस्वसम्बन्धी विषय समेटिने महानगरले जनाएको छ । न्युज एजेन्सी नेपाल

प्रकाशित मिति: सोमबार, माघ १, २०८०  १२:५९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro