site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
पौडेललाई राष्ट्रियसभामा मनोनीत गर्न राजमोको प्रस्ताव
फाइल तस्बिर ।

काठमाडौं । राष्ट्रिय जनमोर्चा (राजमो)ले राष्ट्रियसभामा उपाध्यक्ष तथा प्रवक्ता दुर्गा पौडेललाई मनोनीत गर्न प्रस्ताव गरेको छ । 

अध्यक्ष चित्रबहादुर केसीले विज्ञप्ति जारी गर्दै पौडेलले मनोनीत गर्न प्रस्ताव गरेका हुन् । 

“हामीले राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष र प्रवक्ता का. दुर्गा पौडेललाई राष्ट्रपतिद्वारा मनोनीत हुने राष्ट्रियसभाको महिला सदस्यका लागि प्रस्तावित गरेका छौँ,” विज्ञप्तिमा भनिएको छ, “त्यो पद मन्त्रिपरिषद्ले निर्णय गरेर राष्ट्रपतिद्वारा मनोनीत हुने पद भएकाले सरकार र राष्ट्रपतिद्वारा पनि उहाँलाई राष्ट्रियसभामा नियुक्त गर्ने कुरामा जोड दिन्छौँ ।” 

आगामी फागुन २१ गतेबाट राष्ट्रियसभामा मनोनीत सदस्य विमला राई पौडेलको पदावधि सकिँदैछ । रिक्त स्थानमा पौडेललाई मनोनीत गर्न राजमोले आग्रह गरेको हो । राष्ट्रियसभाको आगामी चुनावमा गठबन्धका सबै उमेदवारलाई विजय बनाउन राजमोले अपिल गरेको छ ।
 

प्रकाशित मिति: आइतबार, पुस २९, २०८०  १३:५०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro