site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
राष्ट्रियसभा निर्वाचन : सुदूरपश्चिममा भट्टको उमेदवारी कायम 

काठमाडौं । राष्ट्रियसभा निर्वाचनअन्तर्गत सुदूरपश्चिम प्रदेशमा नेपाली कांग्रेसबाट अपांगता भएका व्यक्तिको समूहमा उमेदवारी दिएका नारायणदत्त भट्टको उमेदवारी कायम भएको छ । 

भट्टविरुद्ध एमालेका उमेदवार रामचन्द्र जोशीले अपांगतासम्बन्धी प्रमाण नपुगेको भन्दै उजुरी दिएका थिए । जोशीले उमेदवारी खारेजीको माग गरेका थिए । तर, भट्टको योग्यता पुगेकाले उमेदवारी कायम भएको निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ । 

सुदूरपश्चिममा तीन पदका लागि ६ उमेदवार छन् । उनीहरूको नामावली निर्वाचन अधिकृतको कार्यालयमा प्रकाशन गरिएको छ । त्यस्तै, कर्णाली प्रदेशमा नेकपा (माओवादी केन्द्र)का दलित समूहका उमेदवार विष्णु विकविरुद्ध उजुरी पनि खारेज भएको छ । 

एमालेकै उमेदवार हिक्मत विकले प्रतिनिधिसभा सदस्यको बन्दसूचीमा नाम भएको भन्दै उजुरी दिएका थिए । निर्वाचन अधिकृतको कार्यालयले उनको उमेदवारी कायम रहेको जानकारी दिएको छ ।

प्रकाशित मिति: बिहीबार, पुस २६, २०८०  १६:३४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro