site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
सन्दीपको सजायबारे गण्डकीका सांसदको टिप्पणी– विदेशीको इसारामा बलि चढाइयो

पोखरा । बलात्कार मुद्दामा क्रिकेटर सन्दीप लामिछानेलाई जिल्ला अदालत काठमाडौंले आठ वर्ष कैद सुनाएपछि गण्डकी प्रदेशसभाका एकजना सदस्यले 'असन्तुष्टि' जनाएका छन् ।

आज अदालतले सन्दीपलाई आठ वर्ष कैद सजाय सुनाएको छ । अदालतले तीनलाख जरिवाना र पीडितलाई दुई लाख क्षतिपूर्ति दिन भनेको छ ।

तर, अदालतले सन्दीपलाई सजाय तोक्दा गण्डकी प्रदेशसभा सदस्य कृष्ण पाठकले 'विदेशी इसारामा बलि चढाइएको' टिप्पणी गरेका छन् ।

एमाले सांसद रहेका उनले फेसबुकमा लेखेका छन्, "एउटा होनहार क्रिकेटरलाई विदेशीहरूको इसारामा बली चढाइयो ।"

उनको अभिव्यक्तिबारे थप प्रस्ट हुन खोज्दा पाठकले आफूले व्यक्तिगत स्वतन्त्रता उपयोग गरेको बताए ।

"सांसद भए पनि व्यक्तिगत स्वतन्त्रता हुन्छ । यो मेरो व्यक्तिगत प्रतिक्रिया हो । मैले अरू विषयमा पनि लेखिरहेकै हुन्छु ।"

प्रकाशित मिति: बुधबार, पुस २५, २०८०  २०:४७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro