site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
कोसी सभामुखमा राप्रपाका उमेदवार विष्ट
फाइल तस्बिर ।

विराटनगर । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले कोसी प्रदेशसभाको सभामुख पद आफूले लिने निर्णय गरेको छ । मंगलबार बिहान बसेको राप्रपा कोसी प्रदेश संसदीय दलको बैठकबाट सभामुखका उमेदवार पनि तय गरिएको छ ।

राप्रपाका तर्फबाट प्रदेशसभा सदस्य अम्बरबहादुर विष्ट सभामुखको उमेदवार बन्ने भएका छन् । संसदीय दलको बैठकबाट सांसद विष्टलाई सभामुखमा अघि सार्ने निर्णय गरिएको राप्रपाका एक नेताले जानकारी दिए ।

कोसीमा सभामुखको टुंगो लगाउन निर्वाचन गर्ने निर्णय भइसकेको छ । मंगलबारै बिहान बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकबाट सभामुख चयन प्रक्रियाबारे निर्णय गरिएको हो ।

कोसी प्रदेशसभामा सभामुख पद रिक्त छ ।

प्रकाशित मिति: मंगलबार, पुस २४, २०८०  १०:५५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro