site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
कोसीमा गठबन्धन दलको छलफल, महामन्त्री शर्मासहितका नेता सहभागी

विराटनगर । राष्ट्रियसभा निर्वाचनमा गठबन्धनको रणनीति तय गर्न नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मासहितका नेता विराटनगरमा छलफलमा जुटेका छन् ।

नेपाली कांग्रेसको कोसी प्रदेश समितिको कार्यालयमा गठबन्धनका केन्द्रीयस्तरका नेता छलफलमा जुटेका छन् । छलफलमा कांग्रेस नेता विजयकुमार गच्छदार, पूर्वमन्त्री ज्ञानेन्द्रबहादुर कार्की, कांग्रेस कोसी प्रदेश संसदीय दलका नेता उद्धव थापालगायत नेता सहभागी छन् ।

गठबन्धन दलबाट नेकपा (माओवादी केन्द्र) कोसी प्रदेश संसदीय दलका नेता इन्द्र आङ्बोसहितका नेता जुटेको प्रचार समितिका प्रमुख बासु कोइरालाले जानकारी दिएका छन् । 

“गठबन्धनबाट उमेदवारी दिएपछि चुनावी रणनीति तय गर्न नेताहरू छलफलमा जुट्नु भएको छ,” कोइरालाले भने ।

प्रदेश समितिको बरगाछीस्थित कार्यालयमा जारी छलफलमा भाग लिन केहीबेरमै कांग्रेस नेता डा. शेखर कोइराला पनि पुग्ने बताइएको छ । कोइराला काठमाडांैबाट विराटनगर आइपुगेका छन् । 

गठबन्धनका तर्फबाट कांग्रेसले नेता कृष्णप्रसाद सिटौला र माओवादी केन्द्रकी चम्पा कार्कीलाई उमेदवार बनेका छन् । उनीहरूको मनोनयन आज दिउँसो भएको थियो । मनोनयनपछि नेता सिटौलाले आफू गठबन्धनको मतको बलमा उमेदवार बनेको बताउँदै आफूले यसअघि पनि संसदीय प्रणालीको विकास र प्रवद्र्धनमा भूमिका खेलेको बताए । 

उनले भने, “अब फेरि नयाँ भूमिकामा राष्ट्रियसभामा गएर योगदान दिने योजना छ ।” 

माओवादीबाट उमेदवार बनेकी कार्की ओखलढुंगा निवासी हुन् । उनी जनयुद्धकी घाइते पनि हुन् । 

प्रकाशित मिति: सोमबार, पुस २३, २०८०  १६:४९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro