site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
राष्ट्रियसभा निर्वाचन : १९ पदका लागि गराए उमेदवारी दर्ता

काठमाडौं । राष्ट्रियसभा सदस्यको रिक्त १९ पदका लागि आगामी माघ ११ गते हुने निर्वाचनको लागि सोमबार उमेदवारी मनोनयनपत्र दर्ता भएको छ ।

सातै प्रदेश मुकाममा स्थापना गरिएका निर्वाचन अधिकृतको कार्यालयमा उमेदवारको मनोनयनपत्र दर्ता भएको हो । निर्वाचनका लागि गठबन्धन दलहरू, नेकपा (एमाले) लगायतका अन्य दलहरूले छुट्टाछुट्टै उमेदवारी दर्ता गराएका हुन् ।

राष्ट्रियसभा निर्वाचनमा प्रदेशसभा सदस्य र गाउँपालिका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिका प्रमुख र उपप्रमुख मतदाता रहने व्यवस्था छ । जसअनुसार प्रदेशसभा सदस्य ५४९ र पालिका प्रमुख र उपप्रमुख गरी जम्मा दुई हजार ४७ जनाको मतदाता नामावलीमा स्वीकृत भएको छ । 

निर्वाचनमा प्रदेशसभा सदस्यको मतभार ५३ तथा पालिका प्रमुख र उपप्रमुखको मतभार १९ कायम गरिएको छ । उक्त निर्वाचनमा प्रदेशसभा सदस्यको कुल मतभार २९ हजार ९७ र पालिका प्रमुख र उपप्रमुखको कुल मतभार २८ हजार ४६२ रहने छ ।

निर्वाचनअन्तर्गत उमेदवारी उपर पुस २४ गते दाबीविरोध र उजुरी, २५ र २६ गते जाँचबुझ गरी उमेदवारीको नामावली प्रकाशन हुनेछ भने २७ गते नाम फिर्ता लिन चाहने उम्मेदवारको नाम फिर्ता र उमेदवारको अन्तिम नामावली प्रकाशन हुने निर्वाचन आयोगले जनाएको छ । 

त्यस्तै, उमेदवारलाई निर्वाचन चिह्न पुस २८ प्रदान गरिने कार्यतालिका रहेको छ । निर्वाचनमा सात प्रदेशमा एक–एक मतदानस्थल र दुई–दुई मतदान केन्द्र कायम गरिएको छ ।

प्रकाशित मिति: सोमबार, पुस २३, २०८०  १५:४३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro