site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
गण्डकीमा गठबन्धनका उमेदवारको मनोनयन दर्ता

पोखरा । आसन्न राष्ट्रियसभा सदस्य निर्वाचनका निम्ति गण्डकी प्रदेशमा सत्ता गठबन्धनतर्फका उमेदवारले मनोनयनपत्र दर्ता गराएका छन् । सोमबार पोखरास्थित प्रदेश निर्वाचनको कार्यालयमा पुगेर उनीहरूले उमेदवारी दर्ता गराएका हुन् ।

गण्डकीबाट रिक्त हुन लागेका तीन पदमध्ये गठबन्धनमार्फत नेपाली कांग्रेसका दुई र नेकपा (माओवादी केन्द्र)का एकजनाले उमेदवारी दर्ता गराएका छन् ।

गण्डकीको अन्य समूहतर्फ कांग्रेसका किरणबाबु श्रेष्ठ र अपांगता/अल्पसंख्यक समूहतर्फ सोही पार्टीका पदम परियारले उमेदवारी दर्ता गराएका हुन् । गठबन्धनबाट महिला समूहतर्फ माओवादी केन्द्रकी मनरूपा शर्माले उमेदवारी दर्ता गराएको प्रदेश निर्वाचन कार्यालयले जानकारी गराएको छ ।

गठबन्धनबीच भागबन्डा गर्दा गण्डकीमा कांग्रेसले दुई र माओवादी केन्द्रले एक सिट पाएको थियो ।

प्रकाशित मिति: सोमबार, पुस २३, २०८०  १४:४०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro