site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
देउवाले चार सिट दिन नमानेपछि बैठक छाडेर हिँडे शेखर

काठमाडौं । नेपाली कांग्रेसमा राष्ट्रियसभा निर्वाचनको सिट बाँडफाँटमा विवाद भएपछि शेखर कोइराला बैठक छाडेर निस्किएका छन् ।

उमेदवार चयन गर्न सानेपामा जारी कांग्रेस संसदीय बोर्डको बैठकमा पार्टी सभापति शेरबहादुर देउवाले चार सिट दिन नमानेपछि कोइराला बाहिरिएका हुन् ।

शेखर समूहले पार्टीले गठबन्धनबाट पाएका १० सिटमध्ये चार सिट आफूहरूले पाउनुपुर्ने अडान लिएको छ । तर, देउवाले तीन सिट मात्र दिन सकिने रटान नछाडेपछि शेखर बिच्किएका हुन् ।

शेखर चार सिट दिन तयार नभएसम्म आफू बैठकमा नआउने बताएर बाहिरिएका छन् ।

अहिले सानेपामा बैठक जारी छ ।

प्रकाशित मिति: आइतबार, पुस २२, २०८०  २०:४९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro