site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
प्रदेशसभामा पराजित, राष्ट्रियसभामा ‘उमेदवार’ 
फाइल तस्बिर : फेसबुकबाट ।

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)ले १३ महिनाअघि प्रदेशसभा निर्वाचनमा पराजित व्यक्तिलाई राष्ट्रियसभा सदस्यको उमेदवार बनाउने भएको छ । आइतबार बसेको केन्द्रीय कार्यकारिणी समितिको बैठकबाट रौतहटकी पूजा चौधरीलाई उमेदवार बनाउने निर्णय गरिएको छ ।

गत वर्ष मंसिर ४ गते भएको निर्वाचनमा उनी रौतहट क्षेत्र नम्बर–३ ‘क’मा जसपाका तर्फबाट उमेदवार बनेकी थिइन् । उनलाई स्वतन्त्र उमेदवार केशव रायले पराजित गरेका थिए । राय १२ हजार ५५५ मतसहित विजयी भएका थिए । चौधरीले १० हजार १३२ मत पाएकी थिइन् ।

निर्वाचन हारेका व्यक्तिलाई एउटै कार्यकालमा पुनः उमेदवार बनाउन नहुने विषयमा समाजका विभिन्न व्यक्तिले जोड दिँदै आएका छन् । राजनीतिक दलभित्र पनि यो विषयमा बहस र आलोचना हुँदै आएको छ । तर, यही बेला जसपाले सो विषय बेवास्ता गर्दै पराजित चौधरीलाई उमेदवार बनाएको हो ।

प्रकाशित मिति: आइतबार, पुस २२, २०८०  १७:२९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro