site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
राष्ट्रियसभा निर्वाचन : मतदाताको अन्तिम नामावली प्रकाशन 

काठमाडौं । आउँदो माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका निम्ति मतदाताको अन्तिम नामावली प्रकाशन गरिएको छ ।

आइतबार प्रदेश निर्वाचन कार्यालयमा अन्तिम नामावली प्रकाशन गरिएको निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए ।

उनका अनुसार, कोसी प्रदेशमा ३६७ मतदाता कायम भएका छन् । मधेस प्रदेशमा ३७४ जनाको नामावली प्रकाशन गरिएको छ ।

वाग्मती प्रदेशमा ३४७, गण्डकी प्रदेशमा २३० मतदाता कायम भएका छन् । लुम्बिनी प्रदेशमा ३०५, कर्णाली प्रदेशमा १९६ मतदाताको नामावली प्रकाशन गरिएको छ । सुदूरपश्चिम प्रदेशमा २२८ मतदाता कायम भएका छन् ।

राष्ट्रियसभा सदस्य निर्वाचनका मतदाता प्रदेशसभा सदस्य र स्थानीय तहका प्रमुख र उपप्रमुख हुन् ।

आउँदो माघ ११ गते राष्ट्रियसभा सदस्यको निर्वाचन हुँदै छ । त्यसका निम्ति सोमबार (भोलि) भोलि उमेदवारको मनोनयनपत्र दर्ता गर्ने कार्यक्रम छ ।

प्रकाशित मिति: आइतबार, पुस २२, २०८०  १६:२५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro