site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
माओवादीले टुंग्यायो राष्ट्रियसभा सदस्यको उमेदवार (नामावलीसहित) 
फाइल तस्बिर ।

काठमाडौं । सत्ताको नेतृत्वकर्ता दल नेकपा (माओवादी केन्द्र)ले राष्ट्रियसभा सदस्यको उमेदवार टुंगो लगाएको छ । आइतबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको पदाधिकारी बैठकबाट उमेदवारको नाम तय गरिएको हो ।

कोसी प्रदेशको सिटमा महिला कोटातर्फ चम्मादेवी कार्की, वाग्मती प्रदेशमा अन्यतर्फ श्रीकृष्ण अधिकारी र गण्डकी प्रदेशमा महिलातर्फ मनरूपा शर्माको नाम टुंगो लगाइएको माओवादी केन्द्रका सचिव देवेन्द्र पौडेलले बाह्रखरीलाई जानकारी दिए ।

लुम्बिनी प्रदेशमा अन्यतर्फ झक्कु सुवेदी, कर्णाली प्रदेशमा दलिततर्फ विष्णु विश्वकर्मा र सुदूरपश्चिम प्रदेशमा महिला कोटातर्फ रेणु चन्दलाई पार्टीले उमेदवार बनाउने निर्णय गरिएको उनले बताए ।

आउँदो माघ ११ गते राष्ट्रियसभा सदस्यको निर्वाचन हुँदै छ । त्यसका निम्ति सोमबार (भोलि) भोलि उमेदवारको मनोनयनपत्र दर्ता गर्ने कार्यक्रम छ ।

प्रकाशित मिति: आइतबार, पुस २२, २०८०  १५:०१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro