site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
एकीकृत समाजवादीको बैठक जारी 

काठमाडौं । सत्तासाझेदार दल नेकपा (एकीकृत समाजवादी)को सचिवालय बैठक जारी छ । पार्टी केन्द्रीय कार्यालयमा आलोकनगरमा बैठक बसेको हो  ।

राष्ट्रियसभा सदस्यको उमेदवार छान्न बैठक बसेको पार्टीको प्रचार विभागले जानकारी गराएको छ ।

सत्ता गठबन्धनभित्र भागबन्डाअनुसार एकीकृत समाजवादीले दुई सिट पाएको छ । तर, नेताहरू गठबन्धनको भागबन्डाप्रति असन्तुष्ट देखिएका छन् । आफूले तीन सिट पाउनुपर्ने एकीकृत समाजवादीको माग थियो ।

आउँदो माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका निम्ति सोमबार (भोलि) उमेदवारको मनोनयनपत्र दर्ता गरिँदै छ । पार्टीका नेताहरू उमेदवार टुंगो लगाउन छलफलमा जुटेका हुन् ।

प्रकाशित मिति: आइतबार, पुस २२, २०८०  १३:३९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro