site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
सत्ता गठबन्धनमा टुंगियो राष्ट्रियसभा सदस्यको भागबन्डा 

काठमाडौं । सत्ता गठबन्धनभित्र राष्ट्रियसभा सदस्यको सिट बाँडफाँटबारे सहमति भएको छ । नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकका अनुसार १९ पदका निम्ति दलहरूबीच भागबन्डाको सहमति भएको हो ।

भागबन्डाअनुसार नेपाली कांग्रेसले १०, नेकपा (माओवादी केन्द्र)ले ६, नेकपा (एकीकृत समाजवादी)ले दुई र जनता समाजवादी पार्टी (जसपा)ले एक सिट पाउने तय भएको उनले बताए ।

क्लष्टरको विषय भने टुंगिन बाँकी छ । केही घण्टाभित्रै त्यो टुंगो लाग्ने लेखकले बताए ।

प्रकाशित मिति: आइतबार, पुस २२, २०८०  ११:४८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro