site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
एकीकृत समाजवादीको माग : दुई सिट मात्रै दिने भए अध्यक्ष चाहिन्छ
फाइल तस्बिर ।

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)ले राष्ट्रियसभा अध्यक्षको माग गरेका छन् । शनिबार बसेको सत्ता गठबन्धन आबद्ध दलका नेताको बैठकमा एकीकृत समाजवादीलाई दुई सिट मात्रै दिने भनिएपछि अध्यक्ष माधवकुमार नेपाल बैठक छाडेर हिँडेका थिए । 

अहिले बालुवाटारमा सत्ता गठबन्धनको नेताहरू छलफलमा छन् । बैठकमा हिजो राति अबेरसम्म बनाइएको खाकालाई अन्तिम रूप दिइने नेताहरूले बताएका छन् । 

यता, एकीकृत समाजवादीले भागबन्डा अनुसार पार्टीलाई दुई वटा सिट मात्रै दिने भए राष्ट्रियसभा अध्यक्ष आफ्नो पार्टीलाई दिनुपर्ने माग राखेको छ ।

“हिजोको गठबन्धन बैठकमा दुई वटा मात्रै सिट दिने भनेर छलफल भयो, त्यसमा हाम्रो असहमति छ । हामीलाई राष्ट्रियसभा अध्यक्ष दिने भए दुुई सिट लिन्छौँ,” एकीकृकत समाजवादीका एक नेताले भने । 

राष्ट्रियसभामा १९ सिटका लागि आगामी माघ ११ गते निर्वाचन हुँदै छ । त्यसका लागि सोमबार मनोनयन दर्ता गर्ने कार्यतालिका छ ।

प्रकाशित मिति: आइतबार, पुस २२, २०८०  १०:१०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro