site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
सत्ता गठबन्धनबीच सिट बाँडफाँटबारे अन्तिम निर्णय गर्न बैठक बस्दै
फाइल तस्बिर ।

काठमाडौं । सत्ता गठबन्धनमा आबद्ध दलका नेताको बैठक आज पनि बोलाइएको छ । हिजो (शनिबार) प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकमा केही दल असन्तुष्ट बनेका थिए ।

यद्यपि, शनिबार राति अबेरसम्म तीन दलले राष्ट्रियसभा निर्वाचनका लागि सहमतिको अन्तिम ड्राफ्ट तयार गरेका छन् । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल असन्तुष्ट बनेर हिँडे पनि तीन दलले चार प्रदेशमा आपसी भागबण्डा गरेका हुन् ।

माधव नेपालले तीन सिटमा दाबी गरेका छन् । तर कांग्रेस र माओवादीले दुई सिटमात्र दिन सकिने बताइरहेका छन् । आज बिहान माधव नेपाललाई राखेर सहमति गर्ने एक नेताले बताए । राष्ट्रियसभा निर्वाचन माघ ११ गते हुँदैछ ।

 

प्रकाशित मिति: आइतबार, पुस २२, २०८०  ०७:०४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro