site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
राष्ट्रियसभा निर्वाचन : सत्ता गठबन्धनका दलहरूबीचमै सिट बाँडफाँट हुने

काठमाडौं । राष्ट्रियसभाको निर्वाचनमा सत्ता गठबन्धनका दलहरूबीचमै सिट बाँडफाँट हुने भएको छ । शनिबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले प्रमुख प्रतिपक्ष दल नेकपा एमालेसँग कुरा नमिलेकाले सत्ता गठबन्धनमा रहेका दलहरूबीचमै सिट बाँडफाँट गर्ने निर्णय गरेको हो । 

बैठकका निर्णय सुनाउँदै नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले सरकारमा सहभागी चार दलका नेताहरूबीच भएको छलफलले गठबन्धनभित्रकै दलहरूबीचमा सिट बाँडफाँट गर्ने निर्णय गरेको बताए । सरकारमा सहभागी दलहरूको गठबन्धनले राष्ट्रि सभाको चुनाव लड्ने बताए । 

राष्ट्रियसभाको सदस्य निर्वाचनको विषयलाई लिएर आज साँझ पुनः बैठक बस्नेछ । गठबन्धनमा सहभागी सबै दलहरूको बैठकबाट राष्ट्रियसभा सदस्यको बारेमा टुंगो लगाउने निर्णय भएको छ ।

“सत्ता गठबन्धनमा पनि आफ्नो आफ्नो हिसावले दाबी गर्नुभएको छ, पार्टीहरूले । साँझसम्ममा टुंगोमा पुग्छौँ,” लेखकले भने । दिउँसो ४ बजे नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादी पार्टीबीच छलफल हुनेछ । ५ बजे सरकारमा सहभागी र सरकारलाई समर्थन गरेका बाँकी दलहरुसँग पनि छलफल हुने उनले जानकारी दिए । 

प्रमुख सचेतक लेखकले देशभरको मतको स्थितिलाई मध्यनजर गर्दै सत्ता गठबन्धनका दलहरूबीच सिट बाँडफाँट हुने बताए । 
 

प्रकाशित मिति: शनिबार, पुस २१, २०८०  १३:१८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro