site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
शिक्षामन्त्रीलाई नेविसंघको ज्ञापनपत्र– विश्वविद्यालयका पदाधिकारी खुला प्रतिस्पर्धाबाट नियुक्त गर

काठमाडौं । सत्तारूढ दल नेपाली कांग्रेसको भ्रातृ सगठन नेपाल विद्यार्थी संघले विश्वविद्यालयका उपकुलपतिसहित अन्य पदाधीकारीहरू खुला प्रतिस्पर्धाबाट नियुक्त गर्न माग गरेको छ ।

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोक राईलाई बुधबार मन्त्रालय पुगेर ज्ञापनपत्र बुझाउँदै आफूहरूले विश्वविद्यालय राजनीतिक भागबन्डाविहीन बनाउन माग गरेको केन्द्रीय सदस्य भुवन भट्टले जानकारी दिए ।

संघले १३ बुँदे ज्ञापनपत्र बुझाउँदै समग्र शिक्षा प्रणालीको सुधार र विश्वविद्यालयमा भइरहेको राजनीतिकरण अन्त्यको मागको गरेको उनको भनाइ छ ।

“विश्वविद्यालयमा खुला प्रतिस्पर्धाबाट मेरिटोक्रेसी, प्राज्ञिक क्षमता, दक्षताका आधारमा पदाधिकारी  नियुक्ति र समग्र शिक्षा क्षेत्रको सुधारलगायतका माग राखेर हामीले मन्त्रालय पुगेर मन्त्रीलाई ज्ञापनपत्र बुझाएका हौँ,” उनले भने ।

संघले देशकै पुरानो विश्वविद्यालय त्रिभुवन विश्वविद्यालयलगायत देशभरका विश्वविद्यालयमा भइरहेको लापारबाही, अनियमितता र भ्रष्टाचार नियन्त्रण गर्न शिक्षा मन्त्रलायले छानबिन समिति गठन गरेर अघि बढ्नुपर्ने मागसमेत राखेको छ ।

NSU1-1704272958.jpg

NSU2-1704272958.jpg

प्रकाशित मिति: बुधबार, पुस १८, २०८०  १४:५४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro