site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
उपकुलपति खुला प्रतिस्पर्धाबाट नियुक्तिको माग गर्दै नेविसंघको ‘सडक बहस’ 

काठमाडौं । सत्तारूढ दल नेपाली कांग्रेसको भातृ संस्था नेपाल विद्यार्थी संघले विश्वविद्यालयमा उपकुलपति तथा पदाधिकारीहरू खुला प्रतिस्पर्धाबाट नियुक्तिको माग गरेको छ । 

संघले मंगलबार प्रदर्शनी मार्ग, आरआर क्याम्पस अगाडि ‘सडक बहस’ आयोजना गरेको छ । केन्द्रीय सदस्य विजय ढुंगानाका अनुसार विश्वविद्यालयमा भएको दलीयकरण र राजनीतिक हस्तक्षेपको अन्त्यको माग गर्दै संघले निरन्तर अभियान सञ्चालन गरिरहेको छ । 

संघले मेलमिलाप दिवसको अवसरमा प्रज्ञा भवनमा भएको कार्यक्रममा ‘अबको मेलमिलाप हाम्रा विश्वविद्यालयको सुधार र शिक्षाको दलीयकरण र राजनीतिक हस्तक्षेप अन्त्यको लागि’ भन्ने नारासहित ब्यानर राखेको थियो । 

संघले मेलमिलाप दिवसको अवसरमा भएको कार्यक्रममा सबै दलका प्रमुख नेताहरूलाई पत्रमार्फत आग्रह गरेको ढुंगानाले जानकारी दिए । 

“नेविसंघले त्रिभुवन विश्वविद्यालयको उपकुलपति तथा पदाधिकारीको नियुक्ति खुला प्रतिस्पर्धाबाट गर्नुपर्ने माग राख्दै ‘प्रधानमन्त्रीलाई पत्र’ अभियान समेत चलाएको छ,” उनले भने ।

प्रकाशित मिति: मंगलबार, पुस १७, २०८०  १३:२२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro