site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
Global Ime bankGlobal Ime bank
अंग्रेजी नयाँ वर्षको अवसरमा हुन्डाईका गाडी खरिद गर्दा पाँच लाखसम्म छुट

काठमाडौं । हुन्डाई अटोमोबाइल्सको आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले अंग्रेजी नयाँ वर्षको अवसरमा “हुन्डाई नयाँ वर्ष डिलाइट २०२४” योजना ल्याएको छ ।

योजनाअन्तर्गत ग्राहकले पाँच लाख रुपैयाँसम्मको आकर्षक नगद छुट, विद्युतीय गाडीको खरिद गर्दा प्रोत्साहन स्वरुप ५० हजार रुपैयाँसम्मको गो(ग्रीन बोनस पाउने भएका छन् ।

गाडीको मोडल वर्षको आधारमा पाँच लाख रुपैयाँसम्मको छुटसँगै गाडी खरिद गर्दा एक वर्षसम्मको निःशुल्क बिमा तथा सवारी कर र तत्काल मूल्यांकन एवं एक्सचेन्ज सुविधा पाउने कम्पनीले जनाएको छ ।

सबै हुन्डाई आईसीई गाडीमा तीन वर्ष वारेन्टी, ६ वर्षको फ्रि सर्भिसिङ र ईभी गाडीको ब्याट्रीमा आठ वर्ष र मोटरमा दुई वर्ष वारेन्टी उपलब्ध हुने मिल्ने कम्पनीको भनाइ छ ।

यस स्किमबाट हुन्डाईको कुनै पनि ह्याचब्याक, कम्प्याक्ट एसयूभी, एसयूभी तथा ईभी गाडी खरिद गरी फाइदा लिन सकिने कम्पनीले जनाएको छ ।

यो योजना पुस १६ गतेदेखि देशभरका सबै सोरुममा लागु भएको लक्ष्मी इन्टरकन्टिनेन्टलले बताएको छ ।

प्रकाशित मिति: सोमबार, पुस १६, २०८०  १६:१४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro