site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
देउवालाई १२ केन्द्रीय सदस्यको तीनबुँदे ध्यानाकर्षण

काठमाडौं । नेपाली कांग्रेसका १२ केन्द्रीय सदस्यले नेतृत्वलाई तीनबुँदे ध्यानाकर्षण गराएका छन् । विभिन्न विषयमा शनिबार उनीहरूले पार्टी सभापति शेरबहादुर देउवाको ध्यानाकर्षण गराएका हुन् ।

यसरी ध्यानाकर्षण गराउनेमा विगतमा नेपाल विद्यार्थी संघमा नेतृत्वदायी भूमिका निर्वाह गरेका केन्द्रीय सदस्य छन् । आसन्न राष्ट्रियसभा सदस्य निर्वाचनमा हालसम्म पार्टीका तर्फबाट कतै अवसर नपाएकालाई उमेदवार बनाउन उनीहरूले आग्रह गरेका छन् ।

यस्तै, पार्टीका तहगत समितिबीच समन्वय र सहकार्यका निम्ति तत्काल ठोस पहल थाल्न आग्रह गरिएको छ । सरकारलाई प्रभावकारी ढंगले सञ्चालन गरी सुशासन कायम गराउन उनीहरूले माग गरेका छन् ।

ध्यानाकर्षण गराउनेमा गोविन्द भट्टराई, कल्याणकुमार गुरुङ, किरणराज शर्मा पौडेल, उमेशजंग रायमाझीलगायत केन्द्रीय सदस्य छन् ।

ध्यानाकर्षणपत्र पढ्नोस्–

प्रकाशित मिति: शनिबार, पुस १४, २०८०  १९:४२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro