site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
यस्तो छ जसपा बैठकको कार्यसूची

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)को दुई बैठकका कार्यसूची तय गरिएको छ । यही पुस २५ र २६ गते जसपाको राजनीतिक समितिको बैठक बस्दै छ । पुस २७ गते केन्द्रीय समितिको बैठक बस्ने तय छ ।

बैठकमा प्रस्तुत गरिने चार विषयसूची निर्धारण गरिएको छ । सदस्यहरूले आ–आफ्नो सक्रियतामा भएका पार्टी कार्यहरूको प्रगति विवरण प्रतिवेदन प्रस्तुत गर्ने पहिलो कार्यसूची रहेको सो पार्टीका केन्द्रीय प्रचारप्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए ।

यस्तै, बैठकमा राजनीतिक एवं सांगठनिक प्रतिवेदन प्रस्तुत गरिनेछ । सांगठनिक प्रतिवेदनमा पार्टीका केन्द्रीय नेताहरूको कार्यविभाजन प्रस्ताव गरिएको छ । साथै, पार्टीको महाधिवेशन र विविध विषयमा छलफल गरिनेछ ।

बालकुमारीस्थित ज्यापु प्रज्ञा भवनमा बिहान ११ बजेदेखि सुरु हुने बैठकमा अनिवार्य उपस्थित हुन सदस्यहरूलाई अनुरोध गरिएको बस्नेतले जानकारी दिए ।

प्रकाशित मिति: शनिबार, पुस १४, २०८०  १७:४६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro