site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
Global Ime bankGlobal Ime bank
डिशहोममा चलचित्र ‘नाई नभन्नु ल ६’ प्रदर्शनमा

काठमाडौं । ‘नाई नभन्नु ल ६’ डिशहोम सिनेमाघर च्यानल नं. १०८ मा आजदेखि प्रदर्शनमा आएको छ । 

सिनेमाघर च्यानल नं. १०८ मा चलचित्र हेर्न डिशहोमको ग्राहक सेवा केन्द्रको फोन नं. १६६००१२२००० मा फोन गरेर, नजिकैको डिशहोम विक्रेता वा डिलर दाइमार्फत सेवा लिएर र मोबाइलबाट एसएमएस पठाएर चलचित्र हेर्न सकिनेछ ।  

यस्तै, डिशहोमको नियमित प्याकेज रिचार्ज गर्दा आकर्षक वोनस सँगै नयाँ–नयाँ नेपाली चलचित्र हेर्न सिनेमाघर च्यानल नं. १०८ को टिकट निःशुल्क पनि पाउन सकिनेछ ।

तीन महिना अथवा एक हजार रुपैयाँ वा सो भन्दामाथिको रिचार्जमा ३२५ रुपैयाँ बराबरको एउटा चलचित्र टिकट, ६ महिना अथवा दुई हजार रुपैयाँ सो भन्दा माथिको रिचार्जमा ६५० रुपैयाँ बराबरको दुईओटा चलचित्र टिकट, १२ महिना अथवा पाँच हजार रुपैयाँ वा सो भन्दामाथिको रिचार्जमा एक हजार ३०० बराबरको चार ओटा टिकट ग्राहकहरूले पाउनेछन् ।

डिशहोमको नियमित प्याकेज रिचार्ज गरेको भोलिपल्ट बिहान ६ बजे पछि आठ अंकको सिनेमाघर च्यानल नं. १०८ को टिकट कुपन नम्बर ग्राहकको रजिष्टर्ड मोबइल नम्बरमा एसएमएसमार्फत प्राप्त हुने कम्पनीले जानकारी दिएको छ ।

प्रकाशित मिति: शुक्रबार, पुस १३, २०८०  १८:४८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro