site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
बालकुमारी घटनाप्रति कांग्रेसद्वारा दुःख व्यक्त 

काठमाडौं । नेपाली कांग्रेसले बालकुमारी घटनाप्रति दुःख व्यक्त गरेको छ । 

शुक्रबार कांग्रेसले विज्ञप्ति जारी गर्दै ललितपुरको बालकुमारीस्थित ईपीएस कार्यालयअगाडि भएको प्रदर्शनका क्रममा मन्त्री सवार गाडीमा आगजनी हुनु, तत्पश्चात प्रदर्शनकारीलाई नियन्त्रणमा लिने क्रममा एकजनाको मृत्यु र केही व्यक्ति घाइते भएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

“घटनाको सत्य–तथ्य अध्ययन गरी यथार्थ छानबिन गर्नुका साथै घटनामा घाइते भएकाहरूको उचित उपचार गर्न र प्रदर्शनकारीले उठाएको विषयमा गम्भीर बन्न नेपाल सरकारसँग नेपाली कांग्रेस माग गर्दछ,” विज्ञप्तिमा भनिएको छ । 

कांग्रेसले विज्ञप्तिमा आफ्ना अधिकारको विषयलाई उठान गर्दा शान्तिपूर्ण, मर्यादित र हिंसारहित उपाय अवलम्वन गर्न प्रदर्शनकारीलाई आग्रह गरेको छ । 

सुरक्षा निकाय एवं सम्बन्धित सबै पक्षलाई संयमित रहन पनि कांग्रेसले अपिल गरेको छ ।

congress-1703846021.jpg
 

प्रकाशित मिति: शुक्रबार, पुस १३, २०८०  १६:१९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro