site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
राष्ट्रियसभा निर्वाचन : उमेदवारी दिन के–के चाहिन्छ ?

काठमाडौं । राष्ट्रियसभाको निर्वाचन आगामी माघ ११ गते हुँदै छ । निर्वाचन आयोगका अनुसार आउँदो पुस २३ गते उमेदवारले मनोनयनपत्र दर्ता गर्ने कार्यक्रम छ । 

उमेदवारको मनोनयनपत्र दर्ता गर्दा राष्ट्रियसभा सदस्य निर्वाचन ऐन, २०७५, राष्ट्रियसभा सदस्य निर्वाचन नियमावली, २०७६ र राष्ट्रियसभा सदस्य निर्वाचन निर्देशिका, २०७६ बमोजिम तोकिएको कागजात पेस गर्नुपर्ने आयोगले जनाएको छ । 

उमेदवारले मनोनयन दर्ता गर्दा नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि अनिवार्य पेस गर्नुपर्ने आयोगले जनाएको छ । मतदाता नामावली ऐन, २०७३ बमोजिम कुनै गाउँपालिका वा नगरपालिकाको अन्तिम मतदाता नामावलीमा नाम समावेश भएको निस्सा, धरौटी रकम जम्मा गरेको रसिद वा भौचर बुझाउनुपर्ने आयोगले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । 

प्रकाशित मिति: बुधबार, पुस ११, २०८०  १६:४२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro