site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
प्रदेश र स्थानीय तहलाई अधिकार नदिने भए संघीयता नै खारेज गरौँ : शेखर कोइराला
फाइल तस्बिर ।

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले संविधानमा उल्लेख भए अनुसार प्रदेश र स्थानीय तहलाई अधिकार नदिने भए संघीयता नै खारेज गर्नुपर्ने बताएका छन् ।

मंगलबार मोरङको बुढीगंगा गाँउपालिका वडा नम्बर २ स्थित लिलाभक्त राम आधारभूत विद्यालयको दुई कोठे भवनको उद्घाटन गर्दै वरिष्ठ नेता कोइरालाले संघीयतालाई बलियो बनाउन प्रदेश र स्थानीय सरकारलाई अधिकार दिनुपर्ने बताए ।

उनले राजनैतिक दलका नेताहरूको अकर्मण्यताका कारण अहिले गणतन्त्र, संघीयता र धर्म निरपेक्षताबारे जनताले आक्रोश व्यक्त गरिरहेको टिप्पणी गरेका छन् ।

नेता कोइरालाले मुलुकमा भ्रष्टाचार व्याप्त रहेको र सुशासन दिन नसकिएकाले जनतामा निराशा छाएको बताए ।

उनले उद्योग बन्द हुने अवस्थामा पुगिरहेका बेला विद्युत्‌को बक्यौताका नाममा चलिरहेको उद्योग बन्द गराउने सरकारको नीति गलत भएको बताए । उनले डेडिकेटेड र ट्रंक लाइन विवादलाई छिटो टुंगोमा पुर्‍याउन आग्रह गरे ।

बुढीगंगा गाँउपालिका वडा नम्बर २ मा २०६४ सालमा स्थापना गरिएको लिलाभक्त राम आधारभूत विद्यालयमा ३०० दलित र सुकुम्बासी परिवारका ३७५ जना बालबालिका अध्ययनरत छन् । बुढीगंगा गाँउपालिकाको करिब १८ लाख सहयोगमा दुई कोठे भवन निर्माण गरिएको हो ।

प्रकाशित मिति: मंगलबार, पुस १०, २०८०  १७:१२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro