site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
Global Ime bankGlobal Ime bank
माइक्रोसफ्टले १० अर्बमा फर्सी फार्म किन्यो

काठमाडौं । अमेरिकी मल्टिनेसनल टेक्नोलोजी कम्पनी माइक्रोसफ्टले विस्कन्सिनको माउन्ट प्लिजेन्टमा रहेको एक फर्सी फार्मलाई सात करोड ६० लाख अमेरिकी डलर (करिब १० अर्ब रुपैयाँ)मा किनेको छ ।

द भर्जका अनुसार माइक्रोसफ्टले फर्सी फार्मसहित किनेको ४०७ एकड जमिनका लागि निकै धेरै मूल्य तिरेको छ ।

द क्रुजिगर फेम्लीबाट यसअघि फक्सकनले ठूलो कारखाना बनाउन जमिन किन्न खोजेको थियो । रिपोर्टका अनुसार माइक्रोसफ्टले ६ सय रोजगारी सिर्जना गर्ने बताइएको छ ।

माइक्रोसफ्टले यो जग्गामा बढ्दो क्लाउड कम्प्युटिङ सेवालाई मध्यनजर गर्दै डाटा सेन्टर निर्माण\लगायत पूर्वाधार बनाउन प्रयोग गर्नसक्ने बताइएको छ ।

गत मार्चमा माइक्रोसफ्टले करिबएक अर्ब अमेरिकी डलरको लगानीमा ३१५ एकड क्षेत्रमा अत्याधुनिक डाटा सेन्टरको निर्माण गर्ने योजना घोषणा गरेको थियो ।

प्रकाशित मिति: आइतबार, पुस ८, २०८०  १५:०३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro