site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
शीर्ष नेताको बैठक : टीआरसी विधेयक आउँदो अधिवेशनबाट पारित गरिने 

काठमाडौं । संक्रमणकालीन न्यायसम्बन्धी विधेयकबारे शीर्ष दलका नेताबीच बालुवाटारमा छलफल भएको छ । 

आइतबार नेकपा (माओवादी केन्द्र)का अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको हो । 

भेटमा सहभागी कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयकमाथि भएका छलफल र नमिलेका विषयबारे बैठकमा जानकारी गराइएको बताए । उनले आगामी संसद् अधिवेशनबाट विधेयक पारित गर्ने कुरा भएको पनि जानकारी दिए । 

“सदनमा विचाराधीन रहेको टिआरसी विधेयकमा भएको कुरा र थप मिल्नुपर्ने कुरामा जानकारी गराइयो,” उनले भने, “यो विधेयक आउने अधिवेशनबाट पारित गरेर जाने कुरा भयो ।”

प्रकाशित मिति: आइतबार, पुस ८, २०८०  ११:३४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro