site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
प्रधानमन्त्रीकै अगाडि कोसीका मुख्यमन्त्रीले भने– अधिकार नदिए संघर्षमा उत्रिन्छु

विराटनगर । कोसी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले प्रदेशलाई संविधानप्रदत्त अधिकार हस्तान्तरण गर्न आलटाल भए संघर्षमा उत्रने चेतावनी दिएका छन् ।

सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकामा निर्माण भएको ४०० केभीएको विद्युत् प्राधिकरणको सबस्टेसन उद्घाटन समारोहमा कार्कीले सोही कार्यक्रममा प्रमुख अतिथि रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'को ध्यानाकर्षण गराए । 

“संविधानमा पाएको अधिकार हस्तान्तरण गरी तीनै तहको सरकारलाई सहकार्यका साथ काम गर्ने वातावरण बनाइदिन प्रधानमन्त्रीज्यूसमक्ष आग्रह गर्दछु,” कार्कीले भने, “अधिकार हस्तान्तरण नभए सदन र सडकबाट संघर्ष गर्ने छु ।”

कार्कीले संघीय सरकारबाट पारित भई आउनुपर्ने ऐनहरू चाँडो अघि बढाउन पनि आग्रह गरे ।

संविधानले तोकेको २५ मेगावाटसम्म क्षमतामा विद्युत् प्रदेशले नै उत्पादन गर्न सक्ने र लाइसेन्स दिन सक्ने अधिकार रहेको बताए । कार्कीले संघीय सरकार र संघीय संसद्‌सँग सहकार्य र संघर्ष दुवै हुन सक्ने उनले बताए ।

“सबस्टेसन सञ्चालनमा आएसँगै कोसी प्रदेशमा विद्युत् प्रसारणमा हुने समस्या हटेर जाने छन्,” उनले भने ।

कार्कीले निजी क्षेत्रलाई उत्पादनको अग्रस्थानमा राख्न सके विकासले गति लिने पनि बताए ।

नेपाल सरकार र नेपाल विद्युत् प्राधिकरणको संयुक्त लगानीमा निर्माण भएको सबस्टेसनको प्रधानमन्त्री प्रचण्डले शुक्रबार उद्घाटन गरेका हुन् ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको सभापतित्वमा भएको कार्यक्रममा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्ति बहादुर बस्नेतलगायत उपस्थित थिए ।

प्रकाशित मिति: शुक्रबार, पुस ६, २०८०  १७:४१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro