site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
माओवादी बैठक : प्रचण्डले गराए हरिबोलको राजीनामाबारे जानकारी 

काठमाडौं । नेकपा (माओवादी केन्द्र)को पदाधिकारी बैठकमा पार्टीको रूपान्तरण अभियानका विषयमा प्रदेश इन्चार्जहरूले बिफ्रिङ गरेका छन् । मंगलबार बसेको पदाधिकारी बैठकमा प्रदेश इन्चार्जहरूले ब्रिफिङ गरेको उपमहासचिव हरिबोल गजुरेलले जानकारी दिए । 

त्यस्तै, बैठकमा माओवादीका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले समसामयिक विषयमा धारणा राखेका थिए । 

धारणा राख्ने क्रममा उनले प्रमुख राजनीतिक सल्लाहकार पदबाट गजुरेलले दिएको राजीनामाबारे जानकारी गराएका थिए । 

“उहाँले मैले राजीनामा गरेको कुरा बैठकलाई जानकारी गराउनुभयो,” गजुरेलले बाह्रखरीसँग भने,“मैले भोलिको बैठकमा धारणा राख्ने छु ।”

गजुरेलले मंसिर २० गते दिएको राजीनामा अझै स्वीकृत भएको छैन । बैठक भोलि दिउँसो ३ बजे बस्ने गरी सकिएको छ ।

प्रकाशित मिति: मंगलबार, पुस ३, २०८०  १८:४९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro