site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
एकीकृत समाजवादीको बैठक : विधान संशोधनको प्रस्तावमाथि छलफल जारी 

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)को सचिवालय बैठकमा विधान संशोधनको प्रस्तावमाथि छलफल जारी छ । सोमबार बैठकमा प्रस्तुत भएको प्रस्तावमाथि मंगलबार पनि छलफल भएको हो । 

बैठक पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बसिरहेको छ । सोमबारको बैठकमा उपाध्यक्ष वेदुराम भुसालले विधान मस्यौदाको प्रस्ताव पेस गरेका थिए ।

भुसालको संयोजकत्वमा महासचिव घनश्याम भुसाल र उपमहासचिव प्रकाश ज्वाला सदस्य रहेको कार्यादलले विधान संशोधनको प्रस्ताव गरेको हो । ७० वर्षे उमेरहद नराख्ने, अरु उमेर समूहकालाई कसरी समेट्ने भन्ने प्रस्ताव राखिएको नेताहरू बताउँछन् ।
 

प्रकाशित मिति: मंगलबार, पुस ३, २०८०  १४:४१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro