site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
एनसेलविरुद्ध अमरेशको रिटमा सर्वोच्चको कारण देखाऊ आदेश 

काठमाडौं । सर्वोच्च अदालतले एनसेलको ८० प्रतिशत सेयर बिक्रीविरुद्ध परेको मुद्दामा कारण देखाऊ आदेश जारी गरेको छ । 

न्यायाधीश प्रकाशमानसिंह राउतको इजलासले अन्तरिम आदेशको छलफलका लागि आगामी पुस १६ गतेको पेसी तोकेको छ ।

दुवै पक्षलाई छलफलमा बोलाएर अन्तरिम आदेशका विषयमा निर्णय गर्नुपर्ने भन्दै इजलासबाटै पेसी तोकिएको सांसद अमरेश सिंहले जानकारी दिए । 

स्वतन्त्र सांसद सिंहले गत मंसिर २२ मा एनसेल बिक्री रोक्न माग गर्दै सर्वोच्च अदालतमा एनसेल आजियाटा लिमिटेडविरुद्ध रिट दायर गरेका थिए ।

नेपालको कानुनी प्रक्रिया छलेर राज्यलाई हानि पुग्ने गरी अपारदर्शी तवरमा सेयर खरिद–बिक्री भएको दाबी गर्दै उक्त कारोबारलाई मान्यता नदिन उनले माग गरेका छन् ।
 

प्रकाशित मिति: मंगलबार, पुस ३, २०८०  १४:३३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro